२०८२ पुष ९, बुधबार

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुरक्षा निकायहरुलाई सभा गस्तीमा मात्रै नभई व्यवहारमा परिवर्तन देखिन अनुरोध गरेका छन्। वीरेन्द्रनगर सञ्चालित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै कँडेलले यस्तो बताएका हुन्।

मुख्यमन्त्री कँडेलले कर्णालीको सुरक्षा, विकास र प्रशासनिक व्यवस्थापनका विविध चुनौतीबारे स्पष्ट धारणा राख्दै संघीय सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराए। उनले भने, ‘जेनजी आन्दोलनपछि भव्यतव्य कार्यक्रममार्फत संघीय सरकार निर्माण गरिएको भए पनि कर्णालीको भूगोल ठूलो र पूर्वाधारको अवस्था चुनौतीपूर्ण छ। भएका संरचना जीर्ण छन्, दरबन्दी भए पनि अधिकांश सुगम क्षेत्रमा पठाउने प्रवृत्ति छ।’

उनले सबै तहका सुरक्षा र प्रशासनिक संयन्त्रलाई अझ परिणाममुखी हुन निर्देशन दिए।

यस्तै, मुख्यमन्त्री कँडेलले कर्णालीको हिमाली जिल्लामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै कर्णालीमा चेकपोस्टहरू ‘पाकेट खर्च सकिएको बेला मात्रै चेक गरिने’ अवस्था देखिनु गम्भीर विषय भएको बताए।

कर्णालीका कतिपय राजमार्गमा अझै पनि साँझ ७ बजेपछि सवारी साधन चलाउन नमिल्ने व्यवस्था कसरी र किन कायम छ भन्ने विषयमा समेत ध्यान दिन आग्रह गरे।