Deprecated: optional(): Implicitly marking parameter $callback as nullable is deprecated, the explicit nullable type must be used instead in /home/sites/43b/5/56b630bd62/oasiskhabar.com/wp-content/plugins/ultimate-post-kit-pro/base/support/helpers.php on line 30
सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद उद्वार पोखरी निर्माण हुने - oasiskhabar

२०८२ पुष ११, शुक्रबार

सुर्खेत। सुर्खेत विमानस्थल परिसर भित्र मानविय सहायता तथा विपद उद्वार पोखरी निर्माण हुने भएको छ। कर्णाली प्रदेश सरकारले नेपाली सेनाको सहकार्यमा उक्त पोखरी निर्माण गर्न लागेको हो।

सुर्खेत विमानस्थलस्थित पश्चिम पृतना सुर्खेत विमानस्थल एयरबेशको हाताभित्र निर्माण हुने उक्त पोखरीबाट आगलागीका घटनामा हेलिकप्टरमार्फत पानी भरेर जंगलको डढेलो वा अन्य आगलागीका घटना नियन्त्रण गर्न उपयोगी हुने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका विपद् महाशाखा प्रमुख उपसचिव उत्तम गौतमले जानकारी दिए।

उनकाअनुसार उक्त प्रविधिलाई बम्बी बकेट भनिन्छ यसको अर्थ हेलिकप्टरमा झुण्ड्याइने विशेष बाल्टिन हो, जसले पोखरी वा तालबाट पानी भरेर जंगल डढेलो वा अन्य आगलागीमा खसालिन्छ।

उपसचिव गौतमले उक्त पोखरी अधिकतम ९७ फिट लामो र १३ फिट गहिरो हुने बताए। नेपाली सेनाको प्राविधिक सहयोग रहने उक्त पोखरीको लागत ९९ लाख ९६ हजार दुई सय रहने उपसचिव गौतमले जानकारी दिए। उनले भने ‘विमानस्थल भित्र मानवीय सहायताका हिसावले उक्त पोखरी नेपालकै पहिलो हुने वताँउदै पोखरी निर्माण पश्चात प्रदेश सरकारले नेपाली सेनालाई हस्तान्त्रण गर्ने छ।’

यसैबिच कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले उक्त पोखरी निर्माणको शुक्रबार शुभारम्भ गरेका छन। शुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री कडेलले विपदका घटना अकस्मात हुने हुदा पूर्व तयारीका लागि पोखरी उपयोगी हुने बताए।

उनले बढदो शहरिकरणका कारण आगजनीका घटना दिनप्रतिदिन बढी रहेकोले हेलिकप्टर सहित दमकलबाट समेत अग्नी नियन्त्रणमा उक्त पोखरी निर्माणले सहज हुने बताए।