२०८२ चैत्र १४, शनिबार

काठमाडाैँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रिहाइको माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका ७ जना काठमाडाैंबाट पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंले एमालेका ७ जना कार्यकर्तालाई सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार निषेधित क्षेत्रमा पुगेका उनीहरूलाई नियन्त्रणमा लिइएको हाे।