काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गीत सार्वजनिक गरेका छन् । बालेनकै आधिकारिक युट्युब च्यानलमा बिहीबार साँझ रिलिज गरिएको र्याप गीतमा उनकै शब्द, संगीत र स्वर छ।
गीतको भिडियोमा उनले देशको पूर्वदेखि पश्चिमसम्मसँग गरेको चुनावी यात्राका दृश्यहरू समावेश गरिएको छ। उनले मानिसहरूलाई भेटेका, कुरा गरेका, थेगिनसक्नु भिडले उनको स्वागत गरेका दृश्यहरू देख्न सकिन्छ।
शुक्रबार बालेनले प्रधानमन्त्रीको शपथ लिँदैछन्। गत फागुन २१ गते भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुई तिहाइ सिट जितेको छ। बालेन कलाकारिता तथा इन्जिनियरिङ पृष्ठभूमिका हुन्।





