सुर्खेत। नेपाली कांग्रेस दैलेखको गुराँस गाउँपालिका कार्यसमिति सभापतिमा बमबहादुर शाही निर्विरोध निर्वाचित भएका छन्। शाही नेपाली कंग्रेस दैलेख गुराँस गाउँ कार्यसमितिको १५औँ अधिवेशनबाट सभापतिमा चयन भएका हुन्।
यस्तै, उपसभापतिमा अन्जु रिजाल र गगन बुढा क्षेत्री, सचिवमा वीरबहादुर बिसि, कोषाध्यक्षमा शेरबहादुर खत्री र सह–सचिवमा लोकबहादुर बुढा सर्वसम्मत चयन भएका छन्।





