२०८३ असार ३२, बिहीबार

दैलेख। दैलेख जिल्ला अदालतले एक वर्षमा करिब ८० प्रतिशत मुद्धा फर्छ्यौट गरेको छ। आर्थिक वर्ष २०८२।०८३ मा कुल ५५४ जना मध्ये ४४२ थान मुद्धा फर्छ्यौट भएका हुन्।

दैलेख जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेले २०८३ असार ३२ गते सम्म जम्मा लगत ५५४ थान मध्ये ४४२ मुद्धा फर्छ्यौट भएको जानकारी दिए।

उनकाअनुसार बाँकि मुद्दा संख्या ११२ थान छन् भने गत आर्थिक वर्षको लगत सरी आएको १४७ थान थिए।

एक वर्षका मुद्दा कुनै पनि नरहेको र ६ महिना नाघेका ११ थान मुद्धा रहेको न्यायाधीश पाण्डेले बताए।