Deprecated: optional(): Implicitly marking parameter $callback as nullable is deprecated, the explicit nullable type must be used instead in /home/sites/43b/5/56b630bd62/oasiskhabar.com/wp-content/plugins/ultimate-post-kit-pro/base/support/helpers.php on line 30
सचिव र महाशाखा प्रमुखको जिम्मेवारी हेरफेर, प्रशिक्षण प्रतिष्ठानको दरबन्दी स्वीकृत - oasiskhabar

२०८३ आश्विन ७, बुधबार

सुर्खेत। कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न मन्त्रालय तथा निकायसँग सम्बन्धित महत्वपूर्ण निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रिक्त प्रदेश सचिव पदमा डा. चन्द्रप्रसाद रिसाललाई कामकाजमा खटाउने निर्णय गरेको हो।

बैठकले कर्णाली प्रदेश निजामती सेवा ऐन, २०८० को दफा १५ को उपदफा (१) बमोजिम एघारौँ तह वा सो सरहको पदमा पदस्थापन गर्ने अधिकार सोही ऐनको दफा १३७ को उपदफा (१) बमोजिम मुख्यमन्त्री मंगलबहादुर शाहीलाई प्रत्यायोजन गर्ने निर्णय गरेको छ। उक्त निर्णयसम्बन्धी सूचना प्रदेश राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत गरिएको छ।

यस्तै, मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको सचिवालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गरेको छ।

यसैगरी, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, सुर्खेतमा कार्यरत योजना महाशाखा प्रमुख वरिष्ठ सिडिई रमेश सुवेदीलाई कर्णाली प्रदेश सरकारको तर्फबाट जगदुल्ला हाइड्रोपावर कम्पनीको सञ्चालक समितिको सदस्यमा मनोनयन गर्ने निर्णय गरेकाे सरकारले जनाएकाे छ।