वीरेन्द्रनगर। सुर्खेत जिल्लामा बिक्री–वितरण हुने बीउबिजनको गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले जिल्लास्थित बिक्रेताहरूलाई बीउबिजन गुणस्तर सम्बन्धी अभिमुखीकरण गरिएको छ। बिहीबार एकीकृत कृषि प्रयोगशाला, वीरेन्द्रनगर सुर्खेतको आयोजनामा अभिमुखीकरण गोष्ठी गरिएको हो।
प्रयोगशालाका प्रमुख परशुराम रावतले गोष्ठीबाट सहभागीहरुले बीउबिजन ऐन तथा नियमावली, गुणस्तरीय बीउबिजनको उत्पादन, भण्डारण, बिक्री–वितरण, लेबलिङ, गुणस्तर परीक्षण, दर्ता तथा नवीकरण प्रक्रिया लगायतका विषयबस्तु सिकेको बताए।

प्रयोगशालाले समय–समयमा किसानसम्म प्रमाणित तथा गुणस्तरीय बीउबिजन पु¥याउन व्यवसायीहरूको भूमिका, जिम्मेवारी र कानुनी व्यवस्था सम्बन्धमा छलफल, अन्तरक्रिया तथा गोष्ठीको आयोजना गर्दै आएको प्रमुख रावतले बताए।
जिल्लाका बीउबिजन व्यवसायी, एग्रोभेट संचालक, कृषि प्राविधिक तथा सम्बन्धित सरोकारवालाहरू गरी करिब ६० जना बढीको सहभागिता रहेको थियो।
सहभागीहरुलाई प्रयोगशालाका बाली विकास अधिकृत गगनबहादुर कठायतले बीउबिजनको गुणस्तर कायम राख्न आवश्यक मापदण्डको पालना लगायतका विषयमा प्रस्तुतिकरण राखेका थिए।






