Deprecated: optional(): Implicitly marking parameter $callback as nullable is deprecated, the explicit nullable type must be used instead in /home/sites/43b/5/56b630bd62/oasiskhabar.com/wp-content/plugins/ultimate-post-kit-pro/base/support/helpers.php on line 30
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान - oasiskhabar

२०८२ माघ २१, बुधबार

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा गरी केहीबेरअघि टोकियोबाट स्वदेशका निम्ति प्रस्थान गरेका छन्।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षित्कोत्सवका अवसरमा जापान सरकारको निमन्त्रणामा टोकियोमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडलसहित उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए।

राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई नारिता अन्तरराष्ट्रिय विमानस्थलमा टोकियोस्थित नेपाली राजदूतावासका प्रमुख हरिहरकान्त पौडेलका साथै जापानको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले बिदाइ गरेको दूतावासले जनाएको छ।