Deprecated: optional(): Implicitly marking parameter $callback as nullable is deprecated, the explicit nullable type must be used instead in /home/sites/43b/5/56b630bd62/oasiskhabar.com/wp-content/plugins/ultimate-post-kit-pro/base/support/helpers.php on line 30
कर्णाली सरकारको मुख्य न्यायाधिवक्तामा दैलेखका सर्वराज जोशी - oasiskhabar

२०८३ आश्विन १९, सोमबार

सुर्खेत। कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा दैलेखका अधिवक्ता सर्वराज जोशी नियुक्त भएका छन्।

प्रदेश सरकारको सिफारिसमा उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको हो। नवनियुक्त मुख्य न्यायाधिवक्ता जोशीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

नेपालको संविधानअनुसार मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको प्रमुख कानुनी सल्लाहकार हुन्।

मुख्य न्यायाधिवक्ताले प्रदेश सरकारलाई कानुनी राय–सल्लाह दिने तथा प्रदेश सरकारका तर्फबाट अदालतमा प्रतिनिधित्व गर्ने व्यवस्था छ।