Deprecated: optional(): Implicitly marking parameter $callback as nullable is deprecated, the explicit nullable type must be used instead in /home/sites/43b/5/56b630bd62/oasiskhabar.com/wp-content/plugins/ultimate-post-kit-pro/base/support/helpers.php on line 30
दसैँ–तिहारअघि सडक सञ्चालनमा ल्याउन शुभकालिकाले थाल्याे स्तराेन्नति - oasiskhabar

२०८३ आश्विन १७, शनिबार

कालिकोट। दसैँ–तिहार नजिकिँदै गर्दा कालिकोटको शुभकालिका गाउँपालिकाले सडक सञ्चालनलाई तीव्रता दिएको छ। गाउँपालिकाको पूर्वाधार विकास शाखाले सडक सञ्चालनका लागि दिनरात काम भइरहेको जनाएको छ।

शुक्रबार हाउडी गभिरादेखि मुग्राहासम्मको सडक सञ्चालनमा ल्याइएको र शनिबार चौकीबजार हुँदै वडा नम्बर ७ सम्म यातायात सेवा सञ्चालन हुने गाउँपालिका पूर्वाधार विकास शाखाका धीरेन्द्र शाहीले जानकारी दिए।

उनका अनुसार भर्तातर्फ सडक विस्तार तथा सञ्चालनका लागि साेमबारदेखि डोजर अगाडि पठाइने छ।

दसैँ–तिहारको समयमा स्थानीयवासीलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले सडक सञ्चालनको कामलाई प्राथमिकताका साथ अघि बढाइएको गाउँपालिकाका अध्यक्ष गाेविन्द्रप्रसाद आचार्यले जनाकारी दिए।