२०८२ माघ १०, शनिबार

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा पहिलाे पटक हिमपात भएकाे छ। गएरातिदेखि भएको माैसम परिवर्तनपछि हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटमा हिमपात भएको हाे।

हिमपातका कारण अत्यधिक चिसो बढेपछि जनजीवन कष्टकर भएको छ। हुम्लाकाे सिमकाेट, जुल्लाकाे चन्दननाथ, मुगुको पर्यटकीय स्थल रारा ताल र डाेल्पाकाे शे-फाेकशुण्डाे पनि हिउँले ढाकिएको छ।

अन्य जिल्लामा पनि गएरातिदेखि आकाश बादलले ढाकिरहेको जल तथा मौसम विभागले जनाएको छ। बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयले बताएका छन्।

हिमपात हुँदा कोदो, चिनु, फापरलगायत हिउँदे बाली सप्रिने आशमा हिमाली जिल्लाका किसानहरू उत्साहित छन्।

अहिले हुम्ला सिमिकोटको तापक्रम माइनस १४ डिग्री सेल्सियसमा झरेको छ।

यस्तै सुर्खेतको तापक्रम १० डिग्री सेल्सियस छ भने जुम्लाको माइनस २ डिग्री सेल्सियस छ।