Deprecated: optional(): Implicitly marking parameter $callback as nullable is deprecated, the explicit nullable type must be used instead in /home/sites/43b/5/56b630bd62/oasiskhabar.com/wp-content/plugins/ultimate-post-kit-pro/base/support/helpers.php on line 30
सुर्खेतकाे चाैकुनेमा फरुवा प्रहारबाट श्रीमतीको हत्या - oasiskhabar

२०८३ आश्विन ६, मंगलवार

वीरेन्द्रनगर। सुर्खेतको चौकुने गाउँपालिका–५ रेक्चामा श्रीमानले फरुवा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। मंगलबार बिहान करिब १० बजेकाे समयमा ३२ वर्षीय गोपीराम जैसीले ३० वर्षीया श्रीमती चन्द्रा देवकोटा जैसीमाथि फरुवा प्रहार गरेर हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेकाअनुसार गोपीरामले श्रीमतीको टाउकोमा फरुवा प्रहार गरेका थिए।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक बुद्धि साउँदको कमाण्डमा चार जनाको टोली घटनास्थलमा पुगेको थियो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भूपेन्द्र शाहीको कमाण्डमा सात जनाको टोली घटनास्थलमा खटिएको जानकारी दिए।

उनकाअनुसार फरुवा प्रहार गर्ने गोपीरामलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।