२०८२ पुष २४, बिहीबार

सुर्खेत । राष्ट्रियसभा निर्वाचनको विषयलाई लिएर कर्णालीमा बुधाबार राती नेकपा एमाले र नेपाली काँग्रेसबीच बैठक बसेको छ। नेकपा एमालेका केन्द्री सचिव यामलाल कँडेलको रोहवरमा बैठक बसेको हो।

बैठकले माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेसबाट अन्य तर्फका उम्मेदवार ललितजंग शाही र महिलातर्फ नेकपा एमालेकी उम्मेदवार मिनासिंह रखाललाई मत दिई विजय गराउन कर्णाली प्रदेशका प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख, उपप्रमुखहरु साथै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ।

साथै, राष्ट्रियसभा निर्वाचनमा मतदानका लागि समयमै मतदानस्थलमा उपस्थित हुन दुवै पार्टीको तर्फबाट पहल गर्ने सहमति भएको एमाले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहले जानकारी दिए।

बैठकमा एमालेका तर्फबाट एमाले कर्णाली अध्यक्ष गुलावजंग शाह, उपाध्यक्ष टेकराज पछाई, सचिव ध्रुवकुमार शाही र उपसचिव रवीन्द्रराज शर्मा सहभागी थिए। यस्तै, नेपाली काँग्रेसको तर्फबाट सभापति ललितजंग शाही र महामन्त्रीद्वय कृष्णबहादुर रोकाय र निरञ्जन केसी सहभागी थिए।