आदरणीय कमरेडहरू,
आज हाम्रो पार्टी जुन चौबाटोमा उभिएको छ, यसका लागि विश्व राजनैतिक शक्ति केन्द्रहरुको अप्रत्यक्ष संलग्नता छदै थियो र छ, बाह्य शक्ति केन्द्रका उदेश्यलाई मलजलका लागि हाम्रै आन्तरिक आचरण र विचलन बढी जिम्मेवार छन्।
पछिल्लो राजनैतिक अवस्था, सामाजिक दृष्टिकोण र एमालेप्रति जनताको नजर एकदमै प्रतिकुल छ। यो प्रतिकुलताका तमाम कारणहरु छन।
नेतृत्वका पनि तमाम कमजोरी छन। एउटा सङ्गठन नेतादेखि सामान्य कार्यकर्तासम्मको अन्तर सम्बन्ध व्यक्तिगत दृष्टिकोण र आचरणको जगमा उभिएको हुन्छ।
पछिल्लो समय नेतृत्वको कमजोरि त छदैछ कार्यकर्ताको सतही बुझाई र उनिहरुको व्यबहार र प्रतिकृया अझ बढी जिम्मेवार देखिन्छ।
आफ्नै नेताहरु सामन्तबादी, पस्चगामी र गैरराजनीतिक दिशामा अघि बढेको आम कार्यकर्ताको बुझाई छ। हो, नेतृत्वमा कमजोरि छ। सुधारको अपरिहार्यता छ। यो सङ्गसङ्गै लाखौ कार्यकर्ता पनि आफ्नो तहमा सुध्रिन आवश्यक छ।
नेतृत्वलाई लाल सामन्त नै मानौँ एकछिनलाई!
लालदासहरू कति प्रतिक्रियावादी भएको? पार्टी नेतृत्वको एउटा टिप्पणी हुनासाथ लाखौँ पक्षबाट त्यसको खिसिटिउरी गर्न थालिहाल्नु पर्ने। यिनै प्रश्नहरुको उत्तर छ तिमिसङ्ग?
१. आफ्नो नजिकका पार्टी कार्यालय गएर सकारात्मक बहस आयोजना गर्नमा कति सामेल भयौ?
२. तिमी आबद्ध पार्टी कमिटी वा जनसङ्गठनमा नेतृत्वको आलोचना र व्यावहारिकताबारे कति खबरदारी गर्यौ कति आत्माआलोचित भयौँ?
३. समाजमा आफ्नै घरछेउको आर्थिक समाजिक अवस्था र सामाजिक चेत के छ, कहिल्यै बुझ्यौँ?
४. उपभोक्ता समिति, विव्यस अनि चुनावमा उम्मेदवार हुने-नहुने कुराबाहेक पार्टी निर्माण र पार्टीले बोकेका जनताका मुद्दा केन्द्रित उद्देश्य प्राप्तिका लागि केही सोच्यौँ?
५.पार्टी शक्तिमा हुँदा जनप्रतिनिधिसँग निकट सम्बन्ध राख्ने तर जान-अन्जानमा भएका अनियमितता, असन्तुलन र जन–असन्तोष पैदा गर्ने क्रियाकलापमा खबरदारी कति गर्यौँ?
६. जनसङ्गठन र पार्टी कमिटीमा म झोले हुूँ र आई लभ यू फलानो भन्दै व्यक्ति देवत्वकरणलाई संस्थागत गर्न र कसैको यसम्यानु बनेर केही प्राप्ति हुन्छ भन्ने बुझाइ बाहेक, आलोचनात्मक चेतसहित कहिल्यै हकदाबी गर्यौँ?
७. पार्टीभित्र विभिन्न अधिवेशन तथा नेतृत्व चयनका भेलाहरूमा आफू वा आफूनिकटका निर्णयमा अन्धभक्तिको गुनगान गाउनु र दबाब समूहको नाममा दास समूहको प्यादा बन्नुबाहेक कहिल्यै नीतिगत वकालत तथा खबरदारी गर्यौँ?
८.यो रे र त्यो रे को पछि लाग्नुबाहेक, आफू कहिलेकाहीँ खै के चाहिँ रहेछ भनेर आफ्नो चेत खुकुलो पार्नतिर लाग्यौ? उस्तै परे एमालेको पूरा रूप छ कि छैन भन्ने सम्मको द्विविधा आफैँमा सिर्जना गर्नु बाहेक के गर्यौँ?
९. विचार आधाउधी सर्वहारा भए पनि व्यवहार काठे पुँजीवादी भन्दा अरू के सिक्यौँ?
१०. अनि अन्त्यमा, नव–साम्राज्यवादी शीतयुद्धमा ब्रेनबमु बनेका अर्धचेतयुक्त नवदास जस्तै: यो भएन, त्यो भएनु भन्दै अरूलाई गाली र पाँडेप्रश्न गर्नु नै आफ्नो बौद्धिकता देख्ने अनि नानाथरी लेख्नुबाहेक भन के गर्यौँ?
हो भन लाल सामन्तका लाल दास हो, भन आफू सिन्को नभाँच्ने, अर्कालाई भएन है, बाङ्गो नाच्यो भन्नुबाहेक अरू के गर्यौ?
देऊ उत्तर।
यो एक कम्युनिस्ट क्याडरले स्वयंलाई गरेको प्रश्न हो, यो पहिला मै देखि मलाई नै हो त्यसपछि तपाईंहरुलाई…



