२०८३ जेष्ठ ३०, शनिबार

वीरेन्द्रनगर। डोल्पामा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। ठुलीभेरी नगरपालिका–९ भित्तीस्थित भेरी करिडोर सडकखण्डमा शनिबार साँझ जिप दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय डोल्पाले शनिबार साझ साढे ६ बजे सदरमुकाम दुनैबाट त्रिपुराकोटका लागि छुटेकवे ग १ ज ६४३७ नम्बरको यात्रुवाहक जिप एक्कासी ब्रेक फेल भएर दुर्घटनामा परेको जनाएको छ।

ठुली भेरी नगरपालिका–९ मोतिपुरका ३१ वर्षीय राजकुमार सिंहले चलाएको उक्त जिप विपरीत दिशाबाट आउँदै गरेको रा १ च २९४८ नम्बरको ट्याक्टरसँग ठोक्किए र दुर्घटनामा परहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा परी छार्का ताङसोङ गाउँपालिका–६ का २७ वर्षीय कारप लामा, सोही पालिका ५ का १९ वर्षीय पेमा दोर्जे, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ की ३५ वर्षीया नबिना राना, १४ वर्षीय केशव रानामगर, जाजरकोटको बारेकोट गाउँपालिका–४ का २७ वर्षीय प्रेमबहादुर रावत, २२ वर्षीया ललिता पुन मगर, सुर्खेतको बराहताल गाउँपालिका–६ का ३० वर्षीय दीप रामजाली, २८ वर्षीय बखत विक र ३८ वर्षीय रमेश रामजाली घाइते भएका छन्।

यस्तै, अधिकांश घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइछ।

घाइते भएका केहीको टाउकोमा चोट लागेको छ भने केहीको छाती, नाक, दायाँ हात र बायाँ काँधमा चोट लागेको छ।

घाइते सबैको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको र सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।