२०८२ पुष १८, शुक्रबार

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई कालीकोटबाट एकल सिफारिस गरिएको छ।

पार्टीका केन्द्रीय सदस्य प्रेमबहादुर सिंहका अनुसार, प्रचण्डको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको हो।

यसअघि उनको नाम महोत्तरी–३, सिन्धुली–२, कास्की–३ लगायतका क्षेत्रबाट सिफारिसमा परेको थियो।