सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दैलेख निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेका नेकपा एमालेका नेता लक्ष्मीप्रसाद पोखरेलले भेटघाट तिब्र पारेका छन्। उम्मेदवार पोखरेलले दैलेख निर्वाचन क्षेत्र नम्बर–२ घर भइ कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा बस्दै आएका नेता–कताकर्तासँग भेटघाट गरेका छन्।
मनोयनका लागि दैलेख जाने क्रममा सोमबार बेलुका वीरेन्द्रनगरसँग नेता–कार्यकर्ता तथा मतदातासँग घेटघाट गरेका हुन्।
उक्त भेटघाटमा नेकपा एमालेका केन्द्रीय द्धय रुद्रबहादुर शाही, सुशीलकुमार थापा, एमाले कर्णाली प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटी सदस्यहरु, पार्टीका जनवर्गीय संगठनका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।
भेटघाटलाई सम्बोधन गर्दै उम्मेदवार पोखरेलले आफु २०३५ सालबाट विद्यार्थी राजनीतिहुँदै आफ्नो राजनीति यात्रा सुरु गरेको बताए। उनले लामो समय राजनीतिकबाट समाजसेवा गर्दै यहाँसम्म पुगेको बताए।

पोखरेलले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट झिनो मतान्तरले पराजित हुनुपरेको बताउँदै आगामी निर्वाचनमा पार्टीले आफ्नो मुल्याकंन गरेर नै उम्मेदवार बनाएको हुनसक्ने विश्वास व्यक्त गरे।
साथै उम्मेदवार पोखरेलले सबै मतदाताहरुलाई नेकपा एमालेमा मतदान गरी आफ्नो मतको सदुपयोग गर्न पनि आग्रह गरे।
यस्तै, पोखरेलले माघ ६ गते मंगलबार दैलेख निर्वाचन क्षेत्र नम्बर-२ को दुल्लुमा हुने मनोनयन कार्यक्रममा सहभागी हुन सबै एमालेहरुमा अनुरोध गरे।


