२०८२ फाल्गुन २१, बिहीबार

सुर्खेत। हुम्लाको नाम्खा गाउँपालिका–६ हल्जीस्थित सुनखानी प्रावि हल्जी मतदानस्थलमा केही समयका लागि मतदान स्थगित भएको छ।

हल्जी गुम्बामा बसोबास गर्ने लामाहरूले मतदानका लागि वारेसनामा दिन पाउनुपर्ने तथा गुम्बामा रहेका ५र६ जना बिरामीलाई मतदान गर्नका लागि मतपेटिका गुम्बासम्म लैजानुपर्ने माग राखेपछि विवाद उत्पन्न भएको हो।

सोही विषयमा सहमति नजुटेपछि मतदान प्रक्रिया रोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले जनाएको छ।

निर्वाचन अधिकृत र सुरक्षा निकायको टोलीले अवस्था सामान्य बनाउन आवश्यक समन्वय गरिरहेको जनाएका छन्।