सुर्खेत। मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १:५१ बजे ४.५ म्याग्निच्युडको पहिलो भूकम्प गएको हो।
त्यस्तै आजै बिहान ४:२८ बजे मुगुकै कलाई वरपर केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको दोस्रो भूकम्प महसुस गरिएको छ।
यसअघि गत २६ गते जाजरकोट जिल्लाको कालसेनी वरपर केन्द्रबिन्दु भई बिहान ०९:०८ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

