२०८२ फाल्गुन २३, शनिबार

धनगढी। प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको बझाङबाट नेकपा (एमाले)का उमेदवार ऐन महर सांसद चुनिएका छन्। शनिबार (फागुन २३) सम्पन्न मतगणनामा उनले १८ हजार ५४३ मत प्राप्त गरे।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत ल्याए । उनीहरूबीचको मतान्तर दुई हजार ३८६ रह्यो । यसपालिको मतगणनामा एमालेबाट विजयी हुने महर दोस्रो उमेदवार हुन्।

तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार मीनबहादुर कुँवरले नौ हजार ७५७ मत पाए।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शैलेश सिंहले नौ हजार २६३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विश्वप्रकाश जेठाराले ४०५, नेकपा (माओवादी)का भरत मल्लले ५२०, नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहराले ४१ मत ल्याए।

बझाङमा कुल ५७ हजार ५०४ मत खसेको थियो । यसमध्ये ५२ हजार ८६४ मत सदर भएको थियो।