२०८३ जेष्ठ २०, बुधबार

वीरेन्द्रनगर। दैलेखमा बाबुले हँसिया (खुर्पा) प्रहार गर्दा आफ्नै छोराको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका–९ सालखर्क निवासी अन्दाजी ७१ वर्षीय कम्बिराज थापाले मदिरा सेवनपछि भएको सामान्य विवादका क्रममा आफ्ना अन्दानी ४६ वर्षीय छोरा यादव थापामाथि हँसिया (खुर्पा) प्रहार गरेका थिए।

गएराती ११ बजेको समयमा घटेको उक्त घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख ल्याइए पनि चिकित्सकले बाटोमै मृत्यु भइसकेको घोषणा गरेका जिप्रका दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए।

उनका अनुसार घटनाबारे सूचना प्राप्त जिल्ला प्रहरी कार्यालय दैलेखबा६ खटिएको प्रहरी टोलीले कम्बिराज थापालाई घटनामा प्रयोग गरिएको हँसिया (खुर्पा) सहित उनकै घरबाट नियन्त्रणमा लिएको छ।

प्रहरीले कम्बिराजलाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।