२०८३ भाद्र ३०, मंगलवार

वीरेन्द्रनगर। सरकारी तथा संस्थान सवारी चालक एसोसिएसन, कर्णाली प्रदेशले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ हजार १ सय ११ सहयोग रकम प्रदान गरेको छ।

एसोसिएसनले भदाै १० गते रसुवाकाे भाेटेकाेशीमा आएकाे बाढीले निम्ताएकाे विपद्का बेला प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरेको जनाएको छ।

एसोसिएसनका सह-सचिव कम्लेश रिमालले विपद् प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ हजार १ सय ११ सहयोग गरिएको जानकारि दिए।

यस्तै, एसोसिएसनले विपद्का समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्न सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रहसमेत गरेको छ।