वीरेन्द्रनगर। कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन ऐन, २०८२ कार्यान्वयनमा सरोकारवालाहरुले जोड दिएका छन्। बुधबार एकीकृत कृषि प्रयोगशाला कर्णाली प्रदेशको आयोजनामा भएको जीवनाशक विषादी व्यवस्थापन ऐन कार्यान्वयनबारे अन्तरक्रिया गोष्ठीमा सहभागीहरुले ऐन कार्यान्वयनमा जोड दिएका हुन्।
कर्णाली प्रदेशमा जीवनाशक विषादीको सुरक्षित, प्रभावकारी तथा कानुनसम्मत व्यवस्थापनलाई थप सुदृढ बनाउने उद्देश्यले कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन ऐन, २०८२ कार्यान्वयन सम्बन्धी अन्तरक्रिया गोष्ठीको आयोजना गरिएको एकीकृत प्रयोगशालाका प्रमुख परशुराम रावतले जानकारी दिए।

उनका अनुसार ऐनको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्नुका साथै सुरक्षित तथा दिगो कृषि प्रणाली विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ।
ऐनको प्रभावकारी कार्यान्वयन, जीवनाशक विषादीको दर्ता, प्रयोग, बिक्री–वितरण, अनुगमन तथा व्यवस्थापनका विषयमा विस्तृत छलफल गरिएको छ।
गोष्ठीमा प्रयोगशालाका प्रमुख रावत र कृषि विकास निर्देशनालयका निर्देशक चित्रवहादुर रोकायाले कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन ऐन, २०८२ को प्रभावकारी कार्यान्वयन तथा सरोकारवालाको भुमिका सम्बन्धी कार्यपत्र प्रस्तुतीकरण राखेका थिए।

