२०८३ असार १८, बिहीबार

सुर्खेत। कर्णाली नदीमा बेपत्ता मिनीबस नभेटिएपछि आजका लागि खोजीकार्य स्थगित गरिएको छ। बिहीबार बिहान करिब साढे ११ बजेको समयमा कर्णाली राजमार्गबाट यात्रुबहाक मिनीबस फोर्स नदीमा खसेको थियो।

सुर्खेतबाट कालिकोटका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडा स्थित सडकबाट करिब चार–पाँच सय मिटर तल कर्णाली नदीमा खसेर बेपत्ता भएको छ।

दिउँसो साढे २ बजेको समयमा बाट सशस्त्र प्रहरी बलको टोली गोताखोरसहितको टोलीले खोजीकार्य थालेको थियो। बिहीबार साझसम्म खोजी गर्दा गाडी समेत नभेटिएको जिल्ला प्रहरी कर्यालय दैलेखले जनाएको छ।

जिप्रका दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषिकेश गौतमले आजदिनभर गोताखोरले टोलीले खोज्दा गाडी समेत नभेटिएको जानकारी दिए। ‘शसस्त्रको टोलीले दिनभर खोजीकार्य ग¥यो। केही पनि पत्तो नलागेपछि आजका लागि खोजीकार्य स्थगित भएको छ। भोली फेरी कोजीकार्य अगाडी बढ्छ।’ उनले भने।

साथै उनले नदी धमिलो भएका कारण खोजीकार्यमा झन समस्या भएको बताए।

उक्त गाडीमा अनुमानित १४ जना यात्रु जसवार रहेको प्रहरीको अनुमान छ।

ती मध्ये एक यात्रुको शव भरीमा भेटिएको छ। भिरमा अड्किएको अवस्थामा भेटिएका व्यक्तिको अझै पहिचान हुन नसेको छैन्।

उक्त शव दुल्लु अस्पताल दुल्लुमा राखिएको प्रहरीले जनाएको छ।

आजदिनभर जिल्ला प्रहरी कार्यालय, दैलेखका अनुसार घटनास्थलमा प्रहरी नायब उपरीक्षक डीएसपी श्रवणकुमार बिकको नेतृत्वमा ३५ जनाको टोली उद्धार सामग्रीसहित परिचालन भएको थियो।

उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलबिद्युत आयोजना सुरक्षा बेश र प्रहरी चौकी पाल्तडाबाट पनि उद्धार टोली खटिएको थियो।