२०८३ बैशाख २६, शनिबार

सुर्खेत । समाजसेवी ट्रयुमन  शाहीले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण गर्ने घोषणा गरेका छन्। उनले आफ्नो जन्मनिको अवसरमा दैलेखको ठाँटीकाँध गाउँपालिका–२ मा रहेको आदर्श आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्ने घोषणा गरेका हुन्।

कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा शाहीले कक्षा २ देखि ५ कक्षा सम्म अध्ययन गरेका थिए।

शाहीले जन्मोत्सवलाई सामाजिक सेवासँग जोड्ने उद्देश्यका साथ आगामी हप्ता शैक्षिक सामग्री वितरण गर्ने योजना बनाएको बताए।

उनले भने, ‘शिक्षा नै उज्ज्वल भविष्यको आधार हो भन्ने विश्वासका साथ विद्यार्थी भाइबहिनीहरूको अध्ययन यात्रामा सानो प्रेरणा र सहयोग पुग्ने अपेक्षाले यो प्रयास गर्न लागेको हुँ।’