काठमाडौँ। अन्तत: मंगलबार राति अमेरिका र इरानबिच २ हप्ता युद्धविराम गर्ने सहमति भएको छ।
युद्धविरामको घोषणा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन्।
साथै इरानले पनि युद्धविराम सम्झौता भएको पुष्टि गरेको छ। साथै उसले यसलाई आफ्नो ‘विजय’ भनेको छ।
पाकिस्तानको मध्यस्थतामा युद्धविराम सम्झौता भएको उल्लेख गर्दै ट्रम्पले यसका लागि इरानबाट दशबुँदे प्रस्ताव आएको जानकारी दिएका छन्।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिकाले आफ्नो दशबुँदे प्रस्ताव स्वीकार गरेको भन्दै यो ‘देशको जित’ भनी दाबी गरेको छ।
यसैबिच युद्धविराम सम्झौता भएपछि इरानमा उल्लास छाएका केही तस्बिर सार्वजनिक भएका छन्।

