२०८३ श्रावण ७, बिहीबार

सुर्खेत। कर्णाली प्रदेशसभा बैठक शनिबार दिउँसो ३ बजे बस्ने भएको छ। कर्णाली प्रदेशसभा सचिव डाक्टर अर्जुनकुमार खड्काले प्रदेशसभा बैठक शनिबार बस्ने जानकारी दिए।

यसअघि (साउन ७ गते) आज बिहीबार दिउँसो ३ प्रदेशसभा बैठक बस्ने भनिएको थियो। तर, आजै बिहान ११ बजे बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले शनिबारका लागि बैठक सारेको हो।

कर्णाली प्रदेशमा सत्ता सञ्चालनमा गडबढ देखिएको छ। नेकपा एमालेबाट मुख्यमन्त्री बनेका यामलाल कँडेलविरुद्ध नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीले अविश्वासको पत्र दर्ता गराएका छन्।

गत असार ३१ गते प्रदेशसभामा दर्ता गराएको अविश्वासको पक्षमा कांग्रेस र नेकपाका सांसदहरुले मतदान गर्ने निर्णय समेत गरेका छन्।

जसका कारण आज दिउँसो बस्ने भनिएको कर्णाली प्रदेशसभा बैठकलाई चासोको रुपमा हेरिएको थियो। तर, बैठक दुइ दिन पर धकेलिएको छ भने सोही बैठकमा सभामा दर्ता भएको अविश्वासकाे प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सभा सचिवालयले जनाएकाे छ।

May be an image of blueprint and text