२०८२ माघ ६, मंगलवार

सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसका नेता नारायण कोइरालले सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ बाट मनोनयन दर्ता गराएका छन्।

निर्वाचन कार्यतालिकाअनुसार भूलले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ का मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

कोइराला पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका हुन्।

दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा यसअघि नेकपा, नेकपा (माओवादी केन्द्र), नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरूले  उम्मेदवारी दर्ता गरेका छन्को।