दिपेन्द्रको लगातार दोस्रो अर्धशतक

२०८२ फाल्गुन ५, मंगलवार

काठमाडौँ। आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले १२ वर्षपछि जित दर्ता गरेको छ।

मंगलबार भएको समूह सी को आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा १२ वर्षपछि जित दर्ता गरेको हो।

नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा २ जित हात पारेको थियो। नेपालले पहिलो पटक विश्वकप खेल्दा सन् २०१४ मा हङकङलाई ८० रनले हराएको थियो। समूह चरणको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई ९ रनले हराएको थियो। त्यसयता नेपालले विश्वकपमा जित निकाल्न सकेको थिएन।

जारी विश्वकपको समूह चरणमा नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो। दोस्रो खेलमा इटालीसँग १० विकेटको फराकिलो हार व्यहोर्यो। तेस्रो खेलमा वेष्ट इण्डिजसँग ९ विकेटको हार भोगेको थियो।

स्कटल्यान्डले दिएको १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य नेपालले ।। ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो।