सामाजिक संजाल:

२०८३ बैशाख २, बुधबार

पोखरा। गण्डकी प्रदेश सरकारका नवनियुत्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बुधबार गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

नवनियुक्त मन्त्रीहरू नेपाली कांग्रेस र नेकपा (एमाले)का हुन्। गण्डकी प्रदेशमा कांग्रेस र एमालेको सरकार रहेको छ।

नवनियुक्त मन्त्रीमा कांग्रेसबाट जित शेरचन आर्थिक मामिलामन्त्री, नन्दप्रसाद न्यौपाने उर्जा तथा खानेपानीमन्त्री, रेखा गुरुङ सामाजिक विकासमन्त्री र नम्दु गुरुङ वन तथा वातावरणमन्त्री नियुक्त भएका हुन्।

त्यस्तै, एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकासमन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटनमन्त्री, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री र भीम कार्की स्वास्थ्यमन्त्री बनेका छन्।