काठमाडाैँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा एमालेसँगै गठबन्धनको वातावरण बनाउन निर्देशन दिएका छन्। श्रीलंकाबाट फर्किएपछि उनले समीकरणबारे पार्टीभित्र र बाहिर छलफल चलाइरहेका छन्।
प्रदेशका मुख्य नेतालाई काठमाडौं बोलाएर अवस्थाबारे जानकारी लिँदै दाहालले एमालेसँग गठबन्धन गरेर जानुपर्ने अवस्था रहेको बताएका छन्।
नेकपा लुम्बिनी प्रदेशका संयोजक सुदर्शन बरालले केही दिनदेखि आफू काठमाडौं रहेको र शीर्ष नेताहरूसँगको छलफलमा प्रदेशमा एमालेसँगै गठबन्धनको निचोडमा पार्टी पुगेको दाबी गरे। ‘कांग्रेस तीन दलको सरकारमा बस्न नचाहेको बताएपछि प्रदेशलाई मध्यावधिमा लैजान भन्दा एमालेसँग गठबन्धन गरेर जानुपर्ने कुरा संयोजक प्रचण्डले गर्नुभएकाे छ।’ उनले भने, ‘संयोजक आज यही विषयका लागि मधेश जाने कुरा छ।’
अहिलेसम्म गठबन्धन गर्ने निश्चितजस्तै भए पनि कुन प्रदेश कसलाई भन्ने विषयमा टुंगो लाग्न बाँकी रहेकाे नेताहरुले बताएका छन्।
नेकपा र एमालेले कांग्रेससहित ३ दिनको गठबन्धन बनाउन प्रस्ताव गरे पनि कांग्रेसले प्रतिपक्षविहीन प्रदेशको कल्पना नगर्ने भन्दै आफ्नो दल सत्ताबाहिरै बस्न तयार रहेको बताएका थिए।
सुदूरपश्चिम, कोशीलगायतका प्रदेशमा बजेटको विषयलाई लिएर एमाले-कांग्रेसबीच तिक्तता आएसँगै अहिले भइरहेको गठबन्धनमा दरार आएको थियो।
त्यसमाथि ओली प्रचण्डसँग सहकार्यको संवादमा रहेको सुइँको पाएपछि कांग्रेस नेतृत्व थप सशंकित बनेको छ।
यस्तो छ प्रदेशगत अवस्था
सुदूरपश्चिम प्रदेश प्रदेशसभा – ५२
नेकपा – २२ (सभामुखसहित १ निलम्बित)
काँग्रेस – १८
एमाले – ११
राप्रपा – १
कर्णाली प्रदेश- जम्मा – ४०
काँग्रेस – १५
नेकपा – १४
एमाले – १० (सभामुखसहित)
राप्रपा – १
लुम्बिनी प्रदेश जम्मा ८७ मध्ये हाल कायम ८३, बहुमत ४२
एमाले – २९
काँग्रेस- २७
नेकपा – १३ (सभामुखसहित)
राप्रपा – ४
जसपा – ३
लोसपा -३
जनमत – ३
राष्ट्रिय जनमोर्चा – १
स्वतन्त्र – १
गण्डकी प्रदेश जम्मा- ६० ( बहुमतका लागि ३१)
काँग्रेस – २७
एमाले – २२
नेकपा – ७ (सभामुखसहित)
राप्रपा – २
समाजवादी – १, स्वतन्त्र १
बागमती-१०४
कांग्रेस-३६
नेकपा-२६
एमाले-२५
राप्रपा-१२
नेमकिपा-३
हाम्रो नेपाली पार्टी-२
मधेश-१०३ (बहुमतका लागि ५२)
एमाले-२४
कांग्रेस-२२
जसपा र लोसपा-२६
नेकपा-१५
जनमत पार्टी-१२
राप्रपा र नाउपा- १/१
कोशी – ९३ (बहुमतका लागि ४७)
एमाले- ४०
कांग्रेस-२९
नेकपा-१७
राप्रपा-५
जसपा नेपाल-१

