२०८२ फाल्गुन २१, बिहीबार

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने मतदान गरेका छन्।

उनले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको महांकालचौर केन्द्रबाट केहीबेरअघि मतदान गरेका स्वकीय सचिव अविनास आचार्यले जानकारी दिए।

रवि चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्।

मत खसालेर उनी उम्मेदवारी दिएको क्षेत्र जाने तयारी छ।

बिहीबार बिहान सातबजेदेखि देशभर प्रतिनिधिसभा निर्वाचनकाे मतदान सुरू भएको छ।