२०८२ फाल्गुन २३, शनिबार

काठमाडाैँ। रवीन्द्र मिश्र ले दलीय राजनीतिबाट तत्कालका लागि विदा लिने घोषणा गरेका छन्।

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उनले राष्ट्रिय प्रजातन्त्र पार्टी का सबै जिम्मेवारीबाट राजीनामा दिएको जानकारी दिएका हुन्।

राजसंस्था पुनर्स्थापनाको पक्षमा देशभर जनमत भए पनि त्यसलाई संगठित गर्न पार्टी असफल भएको भन्दै उनले त्यसको जिम्मेवारी आफूले पनि लिने बताएका छन्।

मिश्रले राजसंस्था पुनर्स्थापना र सुशासनका मुद्दामा आफ्नो अडान यथावत रहने उल्लेख गर्दै अब केही समय गैरदलीय (स्वतन्त्र) रूपमा विचार र धारणा व्यक्त गरिरहने बताएका छन्।

काठमाडौँ १ बाट पराजित भएपछि मिश्रले आज दलीय राजनीतिबाट तत्कालका लागि बिदा लिएको घोषणा गरेका हुन्।

काठमाडौँ १ बाट रास्वपाकी रञ्जु दर्शना १५ हजार ४५४ मतसहित विजयी हुँदा तेस्रो स्थानमा रहेका मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरेका थिए।