२०८२ माघ ८, बिहीबार

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको आयू लामो नहुने भन्दै आपराधीक कृयाकलापमा संलग्नहरु कार्वाहीको दायरा आउने बताएका छन्। बिहिबार झापाको दमक ८ स्थित नेपाली कम्युनिष्ट पार्टी (पूर्व एकिकृत नेकपा माओवादी) का नेता गगन पुरीको आगजनी गरिएको घरको अवलोकनका क्रममा उनले यस प्रकारको विध्वङ्स मच्चाउनेहरु कानूनी दायरामा आउने विश्वास दिलाए।

जेनजीको नाममा भएको आन्दोलनका क्रममा आगजनी गरिएको घरमा सामान्य मर्मत पछि बस्दै आएका पुरीलाई आश्वस्त पार्दै अध्यक्ष ओलीले भने, ‘सधैं अराजकता कहाँ टिक्छ र, एक दिन त कार्वाहीको दायरामा ल्याएरै छोडिन्छ नि, बरु उजरी–निवेदन लगायतको प्रकृया चाँहि अघि बढाउनु होला।’

नेता पुरीले आफुले सवै प्रमाणहरु संकलन गरि सकेको र कानूनी उपचारको प्रकृया पनि अघि बढाएको बताए। आगजनी र तोडफोडका क्रममा क्रममा भएका सवै सम्पत्ती लुटिएको, घरायसी सामानहरु जलाईएको र घर पनि तोडफोड गरिएको पुरीले जनाए।

क्षतीग्रस्त घर अवलोकनका लागि पुग्नु भएका पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीलाई पुरीले फूलले स्वागत गरे। नेतापुरीको घर अवलोकन पछि एमाले अध्यक्ष ओली दमक स्थित तत्कालिन माओवादीको पार्टी अवलोकन गरेका छन्।