२०८३ बैशाख २२, मंगलवार

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेका छन्।

मंगलबार राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकारको सिफारिसमा अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।

यसअघि राष्ट्रपति पौडेलले पुनर्विचारका लागि पठाएका थिए। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले फेरि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो। सररकाले केही परिमार्जनसहित अध्यादेश पठाएको थियो।

यसअघि राष्ट्रपति पौडेलले सात वटा अध्यादेश जारी गरेका थिए। संवैधानिक परिषद् सम्बन्धी अध्यादेश मात्रै रोकिएको थियो।