काठमाडाैँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य निरन्तर बढ्ने क्रम जारी नै छ।
यस दिन सुन प्रतितोला ७०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा १५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
मंगलबारको बजारमा सुन प्रतितोला तीन लाख दुई हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस दिन चाँदी प्रतितोला पाँच हजार ७१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला पाँच हजार ६९५ रुपैयाँ खरिदबिक्री भएको थियो।
पछिल्लो समय चाँदीको मूल्य निरन्तर बढ्ने क्रम जारी छ।

