२०८२ माघ ११, आईतवार

सुर्खेत । कर्णालीबाट रिक्त हुने राष्ट्रियसभा सदस्यका लागि आइतबार बिहान ९ बजेदेखि मतदान सुरु भएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा मतदान सुरु भएको हो।

कर्णालीमा महिलातर्फ र अन्यतर्फ गरी दुई सिटका लागि चुनाव हुँदै छ।

नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनविरुद्ध नेपाली कम्युनिस्ट पार्टी नेकपाले एकल उम्मेदवारी दिँदै चुनावी मैदानमा उत्रिएको छ।

काँग्रेस–एमालेको गठबन्धनबाट नेपाली काँग्रेसका कर्णाली प्रदेश सभापति जुम्लाका ललितजंग शाही र एमालेको केन्द्रीय सदस्य दैलेखी मिनासिंह रखाल उम्मदेवार छन्।

यस्तै, नेकपाको तर्फबाट रुकुमपश्चिमका बुद्धिप्रसाद शर्मा र डोल्पाकी अञ्जु महतारा शाही उम्मदेवार छन्।