सुर्खेत। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले वा कांग्रेससँग मिलेर प्रदेश सरकार निर्माण गर्न आएका प्रस्ताबहरु नेकपाले इन्कार गरेको बताएका छन्।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै उनले नेकपा एमाले र नेपाली कांग्रेसलेदे प्रदेश सरकारहरु मिलेर बनाउनु भनेर विगतदेखि प्रस्तावहरु आउने गरको उनले बताए।
‘प्रदेश सरकारहरु मिलेर बनाउ भनेर एमाले र कांग्रेसहरुबाट विगतदेखि प्रस्तावहरु आएको थियो, अहिलेपनि आउने गरेको छ’, प्रचण्डले भने, ‘तर, हाम्रो पार्टीले वा पार्टीको संयोजकको हैसियतले मैले त्यसलाई इन्कार गरेको छु। अहिले यो वा त्योसँग मिलेर सरकार बनाउने खेलमा हामी छैनौं।’
यस्तै, उनले यदी फेरी सरकार परिर्वतन गरेपछि जनतामा भ्रम सिर्जना गर्ने अरुहरुलाई मद्यत पु¥याउन सक्ने भएका कारणलेले कांग्रेसलाई बाहिर पठाएर एमालेसँग सरकार बनाउने वा एमालेलाई बाहिर पठाएर कांग्रेसँग सरकार बनाउने नीति आजको परिस्थितिमा गलत भएको बताए।
‘हामीले के भनेको छौँ भने, यदी प्रदेश सरकारमा नयाँपन ल्याउने हो भने नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी साथै मधेश केन्द्रीत दलहरु मिलेर साझा सरकार बनाउने कुरा भएमा हाम्रो सहमति चाँही हुन्छ’, उनले भने, त्यसो ग¥यो भने त्यस्ले देशमा लोकतन्त्र, गणतन्त्रको पक्षमा हिजोको शान्ति सम्झौता र संविधानसम्मका पक्षधर सबै एक ठाउँमा उभिँदा जनता पनि एउटा राहत प्रदान हुन्छ।’
साथै उनले यसरी साझा सरकार बनाएपछि जनतालाई राहतको ढाँडस मिल्ने र सरकार पनि तुलनात्मक रुपले राम्रो गर्नसक्ने दाबी गरे।
प्रचण्डले प्रदेशसभामा प्रतिनिधित्व गरिरहेका दलहरुको सर्बदलीय सरकार बनाउने भएपछि नेकपा पनि सहमत हुने नभए एमाले–कांग्रेसले चलाइरहेको सरकारलाई कुनै अवरोध नगर्ने स्पष्ट पारे।
यस्तै, सरकारले गरिरहेको सुकुमबासीहरूमाथिको डोजर आतंक, ट्रेड युनियन खारेजी, संविधान संशोधनको निम्ति भनेर सरकारले बनाएको समिति लगायतका कामहरुको विरोध जनाए।
अध्यादेश ल्याउनेदेखि हाल गरिरहेका कामकाजहरुको हिसाबले वर्तमान बालेन शाहको नियत राम्रो नदेखिएको बताए।




