२०८३ आश्विन १९, सोमबार

सुर्खेत। दशौं राष्ट्रिय खेलकुदको सचिवालय स्थापना गरिएको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला परिसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले सचिवालयको उद्घाटन गरेका हुन् ।

उद्घाटनमा कर्णालीकासामाजिक विकास मन्त्री जितबहादुर मल्ल र राखेप सदस्य–सचिव रामचरित्र मेहता सहभागी थिए।

दशौं राष्ट्रिय खेलकुदलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गर्न हातामा मूल आयोजक समितिको सचिवालय स्थापना गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ।

दशौं राष्ट्रिय खेलकुद आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको विभिन्न जिल्लामा हुने तय गरिएको छ।