२०८२ पुष २१, सोमबार

सुर्खेत । काठमाडौँमा शिर्ष नेताहरुको बैठकबाट नेकपा एमाले कालीकोटको उम्मेदवारमा तीन जना नेताको नाम सिफारिस गरिएको छ। सोमबार बसेको शिर्ष नेताहरुबमे बैठकले आगामी फागुन २१ मा हुने निर्वाचनका लागि तीन जना नेताको नाम सिफारिस गरेको हो।

बैठकले नेकपा एमालेका केन्द्रीय सदस्य तथा कालीकोट इन्चार्ज नगिन्द्र शाही (नेशनल), एमाले कर्णाली प्रदेश कमिटी सदस्य सीता शाही र राष्ट्रिय युवा संघ नेपालमा केन्द्रीय सचिवालय सदस्य वकिल बमको नाम सिफारिस भएको छ।

उम्मेदवार सिफारिस भएका शाही २०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा कालीकोटबाटै निर्वाचन लडेका थिए। उनि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबाट बनेको गठबन्धनको तर्फबाट उम्मेदवार बनेको नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीसँग पराजित भएका थिए।

यस्तै, कालीकोटबाट नेकपा मओवादी केन्द्र अर्थात हालको नेकपाले नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)को नाम एकल सिफारिस गरिसकेको छ।