सुर्खेत । नेकपा एमाले जिल्ला कमिटी मुगुले ७ जना नेताहरुको नाम प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। सोमबार बसेको जिल्ला कमिटी बैठकले पूर्व सांसद गोपालबहादुर बमसहित ७ जनाको नाम सिफारिस गरेको हो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ पूर्वप्रतिनिधिसभा सांसद गोपालबहादुर बम, युवा नेता राजबहादुर कार्की (राजु), जिल्ला अध्यक्ष पूर्णबहादुर रोकाया, नेता खड्कराज मल्लको नाम सिफारिस भएको छ।
महिलातर्फ कर्णसिला मल्ल र जानदेवी भामको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ।
यस्तै, गोपाल बम २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए। तत्कालिन नेकपा विभाजनपछि एकीकृत समाजवादीमा लागेका बम २०७९ को निर्वाचनमा प्रदेशसभामा निर्वाचन लड्का थिए। त्यहाँ उनि नेकपा एमालेका नेता जीतबहादुर मल्लसँग पराजित भएका थिए। मल्ल फेरी एमालेमै फर्किएर एमाले मुगुबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेलवार सिफारिस भएका छन्।
यस्तै, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले मुगुबाट निर्वाचन लडेका एमालेका युवा नेता राजबहादुर कार्की नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच भएको गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली काँग्रेसका तत्कालिन जिल्ला अध्यक्ष ऐनबहादुर शाहीसँग पराजित भएका थिए।

