२०८२ पुष २२, मंगलवार

काठमाडौं । नेकपा एमालेले निर्वाचन परिचालन कमिटी गठन गरेको छ। मंगलबार बिहान बसेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको हो। उक्त कमिटीको सचिवमा विष्णु रिमाल रहेका छन्।

कमिटी सदस्यहरूमा छविलाल विश्वकर्मा, राजन भट्टराई,हिक्मत कार्की, रमेश बडाल,मिनबहादुर शाही र भिष्म अधिकारी रहेका छन्। सरकारले फागुन २१ गतेलाई प्रतिनिधिसभाको निर्वाचनको मिति तोकेको छ। त्यसअघि माघ ११ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ।

यसैगरी एमालेले निर्वाचन केन्द्रित प्रदेश संयोजक समेत तोकेको छ। जसअनुसार कोशी प्रदेशमा शेरधन राई, मधेश प्रदेशमा लिलानाथ श्रेष्ठ, बागमतिमा महेश बस्नेत,राजधानी प्रदेशमा राजन भट्टराई, कर्णाली प्रदेशमा यमलाल कणेल,गण्डकीमा खगराज अधिकारी र सुदूरपश्चिममा गणेश ठगुन्ना संयोजक रहेका छन्।