प्रतिनिधिसभा निर्वाचन-२०८२

२०८२ पुष १९, शनिबार

सल्यान । नेकपा एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलाबजंग शाह प्रतिनिधीसभा निर्वाचनका लागि सल्यानबाट एकल उम्मेदवार सिफारिस भएका छन्। शुक्रबार सदरमुकाम खलंगामा सम्पन्न एमाले सल्यानको आठौँ पूर्ण बैठकले शाहलाई आगामी फागुन २१ मा तय भएको प्रतिनिधीसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको हो।

एमाले सल्यानका अध्यक्ष भिमबहादुर सेनले शाहको योग्यता, अनुभव र कर्णाली प्रदेशमा पार्टीको नेतृत्व तथा देशको राजनीतिक क्षेत्रमा खेलेको प्रभावकारी भूमिकालाई ध्यानमा राखेर जिल्ला कमिटीको पूर्ण बैठकले सर्वसम्मत रुपमा एकल सिफारिस गरेको बताए।