२०८३ भाद्र ३१, बुधबार

दैलेख। कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई दैलेख प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार कर्तव्य ज्यान मुद्दामा फरार रहेका दैलेख साविक गमौडी गाविस–२ का हाल दुल्लु नगरपालिका–१० बस्ने ३३ वर्षीय दिलबहादुर खड्का पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले उनलाई २०८३ भदौ ३० गते दैलेखको नारायण नगरपालिका–९ बाट पक्राउ गरेको सूचना अधिकारी पुष्पराज राेकायाले जानकारी दिए।

उनकाअनुसार पक्राउ परेका खड्कालाई सम्मानित जिल्ला अदालत दैलेखबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।