२०८३ असार २९, सोमबार

वीरेन्द्रनगर। जाजरकोटको भेरी नगरपालिका–२ राङसीमा पहिरोले अस्थायी टहरा पुरिँदा एक महिलाको मृत्यु भएको छ। गएराति परेको अविरल वर्षापछि खसेको पहिरोले ६० वर्षीया जयशिला शाहको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटले घरमाथिबाट खसेको पहिरोले टहरा पुरिँदा उनको घटनास्थलमै मृत्यु भएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोट सूचना अधिकारी प्रहरी निरीक्षक सुधिरकुमार खड्काले पहिरोले पुरिँदा जयशिला शाहकी ४० वर्षीया छोरी मेनुका शाह (थापा) र ७ वर्षीया नातिनी टिका थापा सामान्य घाइते भएको जानकारी दिए।

उनिहरुलाई स्थानीयवासी र प्रहरी टोलीले सकुशल उद्धार गरिएको खड्काले बताए।

प्रहरीका अनुसार घाइते अवस्था सामान्य छ।