सामाजिक संजाल:

२०८२ फाल्गुन ८, शुक्रबार

काठमाडौँ। कर्णाली प्रदेशको चुनावी सभापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापामा घरदैलो सुरु गरेका छन्।

शुक्रबार बिहानै आफ्नो निर्वाचन क्षेत्र झापा-५ पुगेका शाहले घरदैलो सुरु गरेको उनको सचिवालयले जनाएको छ। उनी मतदातासँग भेटघाट र कुराकानी गरिरहेका छन्।

रास्वपाले बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा चुनावी सभा आयोजना गरेको थियो। त्यही चुनावी सभामा घोषणापत्र सार्वजनिक गरेको थियो।