२०८२ माघ १६, शुक्रबार

वीरेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेनले कर्णालीको गरिबी र भूगोललाई देखाएर अब पुराना दलले राजनीति गर्ने दिन सकिएको संकेत गरेका छन्।

चुनाबी अभियानका क्रममा पश्चिम यात्रामा रहेका बालेनले कर्णालीबासीका अधुरा सपनाहरूलाई अब रास्वपाले मुख्य एजेन्डा बनाउने अभिव्यक्ति दिएका हुन्।

बालेन कालीकोटको मान्म पुग्नु अगाबै फोटो खिचरेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन्। उनले लेखेका छन, ‘कर्नालीका सुइना, अब हाम्मा सुइना’

बालेनले स्टाटस मार्फत कर्णालीबासीका सपनाहरु अब रास्वपाका सपनाहरु भएको उल्लेख गरेका छन्।

चुनावी अभियान लिएर कालीकोट पुगेका बालेन कालीकोटको सदरमुकाम मान्मा बजार पुगेर राष्ट्रिय स्वतत्रपार्टीबाट उम्मेदवार कालीकोटका प्रकाश न्यौपाने तथा जुम्लाबाट उम्मेदवार बिनिता कठायता (बिन्द्रा)लाई भेटेका छन्।

यस्तै, बालेनसहितको टोली कालीकोट फर्किए दैलेखको आठबीस नगरपालिका राकम पुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी दैलेखका अनुसार अब दैलेख बजारमा पार्टी कार्यालयमा भेटघाटपछि साँझ सुर्खेत पुग्नेछन्।