सामाजिक संजाल:

२०८२ चैत्र २२, आईतवार

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो सरकारको मुख्य कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) मा अधिवक्ता डा. नारायणदत्त कँडेललाई नियुक्त गरेका छन्।

मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउन सिफारिस गरेको थियो। सोही अनुसार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नियुक्त गरेका हुन्।

डा. कँडेल यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने जोडिएका विभिन्न मुद्दाहरूमा लामिछानेको पक्षबाट बहस गर्ने कानुन व्यवसायीमध्ये एक हुन्।

विशेष गरी चितवनको सहकारी ठगी प्रकरण र राहदानी विवादसम्बन्धी मुद्दाहरूमा उनले लामिछानेको तर्फबाट अदालतमा कानुनी प्रतिरक्षा गरेका थिए।

यसअघि लामिछानेको ‘निजी’ कानुन व्यवसायीका रूपमा चिनिएका कँडेल अब ‘सरकारी’ मुख्य कानुनी सल्लाहकारको भूमिकामा कत्तिको सन्तुलित देखिन्छन्, त्यो हेर्न बाँकी छ।

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले आजै शीतल निवासमा आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिए।