सामाजिक संजाल:

२०८२ फाल्गुन २१, बिहीबार

सुर्खेत। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार ज्ञानेन्द्र शाहीले मताधिकार प्रयोग गरेका छन्।

शाहीले बिहान आफ्नो मतदान केन्द्रमा पुगेर शान्तिपूर्ण रूपमा मतदान गरेका हुन्।

मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रलाई सुदृढ बनाउन आम मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रह गरे।

उनले निर्वाचनलाई जनताको भविष्य निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा उल्लेख गर्दै निष्पक्ष र पारदर्शी मतदान सम्पन्न हुने विश्वास व्यक्त गरे।

जिल्लाभरका विभिन्न मतदान केन्द्रमा बिहानैदेखि मतदाताको उपस्थिति उत्साहजनक देखिएको छ। निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।